७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

न्युजिल्याण्डलाई ७० रनले हराउँदै भारत विश्वकप क्रिकेटको फाईनलमा

आयोजक भारत जारी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ।आज सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै आयोजक भारत विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो।

मुम्बईको वानखडे क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यण्डविरुद्ध टस जितेर पहिला व्याटिङ गर्दै  निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर  ३९७ रन बनाएको थियो।जवाफमा न्युजिल्याण्डले ४८ दशमलब ५ ओभरमा  ३२७ रन बनाउँदा सबै विकेट गुमायो र खेल ७० रनबाट हार्न पुग्यो । भारतले विराट कोहली र श्रेयस अय्यरको सतकसंगै ३९७ रन बनाएको हो।

विराट कोहलीले १०६ बलमा  ९चौका  र १ छक्कासंगै सतक  पुरा गरेका हुन । कोहली ११७ रन बनाएर आउट भए।त्यसैगरी श्रेयस अय्यरले ६८ बलमा  ३ चौका र ९ छक्कासहित १०१ रन बनाए ।अय्यर १०५ रन बनाएर आउट भए।

भारतका सुरुवाती व्याटर कप्तान रोहित  ८ दशमलब २ ओभरमा निजि ४७ रन बनाए आउट भए। शुभमन गिल  ७९ रन बनाएर रिटायर्ड हर्ट हुँदै बाहिरीए ।केएल रावल ३९ रनमा तथा सुर्य कुमार यादव १ रनमानट आउट रहे।

न्युजिल्याण्डका लागि टिम साउदीले १० ओभरमा १०० रन खर्चेर ३ विकेट लिए । त्यसैगरी ट्रेंट बोल्टले १० ओभरम ८६ रन दिएर १ विकेट लिए।  

न्युजिल्याण्डको पालोमा डैरिल मिचेललेसबैभन्दा वढि १३४ रन बनाए पनि हार टार्न सकेनन् । उनले ११९ बलमा ९ चौका र ७ छक्कासहित १३४ रन बनाएका हुन । त्यसैगरी कप्तान केन विलियमसनले ६९ रन तथा ग्लेन फ़िलिप्सले ४१ बनाए भने बाँकी व्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका लागि मोहम्मद शमी एक्लैले ७ विकेट लिए । उनले ९ दशमलब ५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिएका हुन । त्यसैगरी जसप्रीत बुमराह, मोहम्मद सिराज र कुलदीप यादवले एक एक विकेट लिए ।

जारी विश्वकपमा भारतले १० मा १० वटै खेल जित्दै फाइनलमा यात्रा तय गरेको हो। लिग खेलमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थियो । चार वर्ष अगाडिको विश्वकपमा भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको बदला आज लिन सफल भएको हो। भारतले यस अघि पनि दुई पटक विश्वकप जितेको छ।  

भोलि अष्ट्रेलिया र दक्षिण अफ्रिकाबिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।  यी दुईविचको खेल भोलि नेपाली समय अनुसार दिउँसो २ १५ देखि कोलकोताको इडेन गार्डेनमा सुरु हुनेछ।  

अष्ट्रेलिया र दक्षिण अफ्रिका जारी विश्वकपमा ९ खेलमा ७ जित हात पार्दै सेमिफाइनलमा पुगेका हुन।  

प्रकाशित: २९ कार्तिक २०८० १७:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App