२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्याण्डविरुद्ध भारतका श्रेयस अय्यरले पनि बनाए सतक

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध आयोजक भारतका विराट कोहली र श्रेयस अय्यर दुई जनाले  सतक पुरा गरेका छन। कोहलीले  १०६ बलमा  ९चौका  र १ छक्कासंगै सतक  पुरा गरेका हुन । कोहली ११७ रन बनाएर आउट भए । त्यसैगरी श्रेयस अय्यरले ६८ बलमा  ३ चौका र ९ छक्कासहित १०१ रन बनाए । अय्यर १०५ रन बनाएर आउट भए।

भारतले न्युजिल्यण्डविरुद्ध टस जितेर पहिला व्याटिङ गर्दै  निर्धारीत ५० ओभरमा ४ विकेट गुमाएर  ३९७ रन बनाएको छ।  

भारतका सुरुवाती व्याटर कप्तान रोहित  ८ दशमलब २ ओभरमा निजि ४७ रन बनाए आउट भए। शुभमन गिल  ७९ रन बनाएर रिटायर्ड हर्ट हुँदै बाहिरीएका छन।केएल रावल ३९ रनमा तथा सुर्य कुमार यादव १ रनमा नट आउट रहे।

भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ।

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।

प्रकाशित: २९ कार्तिक २०८० १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App