२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्याण्डविरुद्ध भारतको उत्कृष्ट प्रर्दशन,भारत २२१/ १/३१ स्थीतमा

आयोजक भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल भइरहेको छ।

मुम्बईको वानखडे क्रिकेट मैदानमा दिउँसो  २ :१५ बजेदेखि सुरु भएको खेलमा भारतले टस जितेर पहिला व्याटिङ  गरिरहेको छ।भारतले न्युजिल्याडविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।

भारतले पहिला व्याटिङ गर्दै३१ ओभरमा जम्मा १ विकेट गुमाएर २२१ रन बनाएको छ । भारतका सुरुवाती व्याटर कप्तान रोहित  ८ दशमलब २ ओभरमा निजि ४७ रन बनाए आउट भए। अहिले विराट कोहली र श्रेयस अय्यर  खेलिरहेका छन ।कोहली ७०  रन तथा अय्यर २१ रन बनाएर क्रिजमा छन । शुभमन गिल  ७९ रन बनाएर रिटायर्ड हर्ट हँदै बाहिरीएका छ ।  

भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ। 

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।यी दुईबिचको खेल निक्कै  प्रतिस्पर्धा हुने अनुमान खेल विश्लेषकहरूको रहेको छ।  

 

 

प्रकाशित: २९ कार्तिक २०८० ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App