१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: भोलि भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल हुने

भोलि आयोजक भारत र न्युजिल्याण्डबिच पहिलो सेमिफाइनल खेल हुँदैछ।दोस्रो सेमिफाइनल चाहि दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पर्सि बिहीबार कोलकोताको इडेन गार्डेनमा हुनेछ।

भारत र न्युजिल्याण्डविचको खेल नेपाली समय  भोलि दिउँसो  २ १५ बजेदेखि सुरु हुनेछ ।  खेल मुम्बईको वानखडे क्रिकेट मैदानमा हुनेछ । भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अंक जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

 जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिय ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ। 

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।यी दुईबिचको खेल निक्कै  प्रतिस्पर्धा हुने अनुमान खेल विश्लेषकहरूको रहेको छ। 

प्रकाशित: २८ कार्तिक २०८० १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App