१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

वडा कपको उपाधि चन्दननाथ ३ ले जित्यो

चन्दननाथ नगरपालिका ३ को (बि)टिमले  वडा कपको उपाधि जितेको छ।आयोजक चन्दननाथ ४ बिलाई पराजित गर्दै चन्दननाथ ३ (बि) ले उपाधि जितेको हो।

विजेता टिमले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको  आयोजक चन्दननाथ नगरपालिका ४ का वडा अध्यक्ष नवराज देवकोटाले बताए।

जुम्लामा पहिलो पटक स्थानीय तहले आयोजना गरेको वडा कप प्रतियोगितामा ८ वटा स्थानीय तह र ६० वडा मध्ये ३० वटा टिम सहभागी भएका थिए।खेल नेपाली सेनाको खेलमैदान टुँडिखेलमा भएको थियो।पातारासी,गुठिचौर,चन्दननाथ नगरपालिका,तातोपानी,तिला र कनकासुन्दरी गाउँपालिका भित्रका वडाले भाग लिएका थिए।

 सिंजा र हिमा गाउँपालिकाबाट कुनै पनि वडाको टिमले प्रतियोगितामा सहभागी थिएनन्। 

प्रकाशित: २३ कार्तिक २०८० १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App