२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः नेदरल्यान्ड्सविरुद्ध इङ्ल्यान्डले ३३९ रन बनायो

भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा साविक विजेता इङ्ल्यान्डले  नेदरल्यान्ड्सविरुद्ध ३३९ रन बनाएको छ।  

भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा दिउँसो २ः१५ बजे देखि सुरु भएको खेलमा इङ्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रन बनाएको हो ।  

इग्ल्याण्डका लागि सबैभन्दा वढि बेन स्टोक्सले ८४ बलमा ६ चौका र ६ छक्कासंगै १०८ रन बनाए। त्यसैगरी डाविड मलानले ७४ बलमा १० चौका र २ छक्कासंगै ८७  रनको योगदान दिए।त्यसैगरी क्रिस वोक्सले ५१ रन ,जो रूटले २८ रन तथा जॉनी बेयरस्टोले १५ रन बनाए।

नेदरल्याण्ड्सका लागि बास डलीडेले १० ओभरमा ७४ रन खर्चेर ३ विकेट लिए।त्यसैगरी आर्यन दत्त र लोगन वैन बीकले दुई दुई विकेट लिए।त्यसैगरी पॉल वैन मीकरेनले एक विकेट हात पारे।

जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म ७ खेल खेलेको इङ्ल्यान्डले जम्मा १ खेलमा जित हात पारेको छ र अङ्क तालिकाको पुछारमा रहेको छ। उसको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।

यस्तै स्कट इडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्सले पनि निराशाजनक प्रदर्शन गर्दै आएको छ। जारी प्रतियोगितामा नेदरल्यान्ड्सले पनि ७ खेल खेलेको छ र २ मा जित हात पारेको छ।नेदरल्यान्ड्स अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।उसको पनि सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ। 

प्रकाशित: २२ कार्तिक २०८० १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App