२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

क्यानले हङकङ सिरिजका लागि घोषणा गर्‍यो टोली, बन्द प्रशिक्षण आजबाट

नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देशिय टी ट्वान्टी सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले मङ्गलवार विज्ञप्ति जारी गर्दै हङकङ सिरिजका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

प्रारम्भिक नेपाली टोलीमा रुबिना क्षेत्री, सिता रानामगर, इन्दु वर्मा, संगिता राई, ज्योती पाण्डे, पुजा महतो, रोमा थापा, इश्वरी विष्ट, सम्झना खड्का, रुबि पोदार, सवनम राई, अश्मिना कर्मचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजल श्रेष्ठ, मनिषा चौधरी, कबिता जोशी छन्।

क्रिकेट हङकङ चाइनाको आयोजनामा नोभेम्बर १५ देखि १९ सम्म चार राष्ट्र सम्मिलित टी ट्वान्टी सिरिजको आयोजना हुँदैछ।  

क्यानले सोमवार निर्णय गर्दै टी ट्वान्टी सिरिजमा नेपाली महिला क्रिकेट टिमलाई सहभागी गराउने निर्णय गरेको थियो।

क्यानले सिरिजका लागि घोषणा गरेको टोलीलाई आजबाट बन्द प्रशिक्षणमा बोलाएको छ।

प्रकाशित: २१ कार्तिक २०८० ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App