१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप :आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदै

भारतमा जारी आइसिसी विश्वकप क्रिकेट अन्तर्गत आज अफगानिस्तान र अस्ट्रेलियाबिच खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुने यी दुई बिचको खेल भारतको वाङखडे क्रिकेट मैदानमा हुनेछ । 

जारी खेलमा दुवैको यो आठौँ खेल हो । यस अघिका ७ खेलमा अस्ट्रेलिया ५ जित र २ हारका साथ तेस्रो स्थानमा रहेको छ भने अफगानिस्तान  ७ खेलमा ४ जित र ३  हारेकासाथ ८ अंक पाएर तालिकाको छैठाै स्थानमा रहेको छ । न्युजिल्याण्ड र पाकिस्तानको पनि ८ अंक छ तर  रन रेटका आधारमा अफगानिस्तान छैठौ स्थानमा रहेको हो । आजको खेल दुवै टोलीका लागि सेमिफाइनलमा पुग्न महत्त्वपूर्ण हुनेछ । विश्वकपमा  अस्ट्रेलिया र अफगानिस्तानबिच अहिलेसम्म जम्मा २ खेल भएका छन । दुई खेलमा दुवै पटक अस्ट्रेलिया विजयी भएको छ। 

प्रकाशित: २१ कार्तिक २०८० ०३:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App