२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

कोहलपुर गोल्डकप:दुधौलीले क्यामरुनलाई हरायो

प्रतियोगितामा प्रतिस्पर्धा गर्दै एभिनियर एफ.सी.क्यामरुन र दुधौली स्पोर्ट क्लब सिन्धुलीका खेलाडी । तस्बिर: नागरिक <br>

‘एभिनियर एफ.सी.क्यामरुन’ लाई पराजित गर्दै ‘दुधौली स्पोर्ट क्लब’ सिन्धुलीले बाँकेमा जारी ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ प्रतियोगितामा विजयी सुरुवात गरेको छ। एभिनियर एफ.सी. क्यामरुन गोल्डकपको पहिलो संस्करणको विजेता हो।  

कोहलपुरस्थित तेह्र विघा मैदानमा आज भएको खेलमा दुधौली स्पोर्ट क्लबले एभिनियर एफ.सी. क्यामरुनलाई ट्राइब्रेकरमा ७–६ गोलले पराजित गरेको हो । जितसंगै दुधौली सेमिफाइनलमा पुगेको छ।मिफाइनलमा दुधौलीको भेट अब त्रिुभवन आर्मी क्लबसँग हुनेछ।  

प्रतियोगिता अन्र्तगत  भोलिसोमबार त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्ट क्लब बीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ।आर्मीले शनिबार वि.एफ.सी. चितवनलाई हराएर सेमिफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगितामा विभिन्न ८ वटा टिम सहभागी छन्।प्रतियोगिताका विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

प्रकाशित: १९ कार्तिक २०८० १६:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App