७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

आइसिसी २०–२० विश्वकप छनोट फाइनल:टस जितेर नेपालले रोज्यो ब्याटिङ

फाइल तस्बिर

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनल खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले ११ बजेबाट सुरु हुने आजको उपाधि खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।  

आजको खेलमा जित हात पार्दै नेपालले ओमानसँग व्योहोरेको हारको बदला लिन चाहन्छ। समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो।  

आजको खेलमा हारजित जे भएपनि नेपाल र ओमान दुबै टोली सन् २०२४ मा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा खेल्ने छ।

प्रकाशित: १९ कार्तिक २०८० ०४:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App