१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटबाट हरायो

आइसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानलेनेदरल्यान्ड्सलाई ७ विकेटबाट हराएको छ।जितको लागि १८० रनको झीनो लक्ष्य अफगानिस्तानले ३१ दशमलब ३ओभरमा ३ विकेट गुमाई पुरा गरेको हो।

भारतको  लखनउस्थित एकना स्पोर्ट्स सिटीमा भएको खेलमा  टस जितेर नेदरल्यान्ड्सले पहिला व्याटिङ गर्दै ४६ दशमलब ३ ओभरमा १७९ रन बनाउँदा सबै विकेट गुमायो।

अफगानिस्ताका लागि रहमत शाहले  ५४ बलमा  ८ चौकासंगै  ५२ रन बनाए । त्यसैगरी रहमानउल्लाह गुरबाज़  १० रन बनाएर तथा इब्राहिम ज़दरान २० रन बनाएर आउट भए । कप्तान हशमतउल्लाह शहीदी  ५६ रन बनाएर तथा अज़मतउल्लाह ओमरज़ाई ३१ रन बनाएर नट आउट रहे ।  

नेदरल्यान्ड्सका साक़िब ज़ुल्फ़िक़ार,रुलॉफ़ वैन डर मर्व र लोगन वैन बीकले एक एक विकेट लिए ।  

 यस अघिनेदरल्यान्ड्सको पालीमा साइब्रैंड एंगलब्रेख्तले ५८ रन बनाए । त्यसैगरी मैक्स ओुडाउडले ४२ रन , कॉलिन ऐकरमैन  २९ रन रुलॉफ़ वैन डर मर्वले ११ रन तथा आर्यन दत्तले १० रन बनाए भने बाँकीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका लागि मोहम्मद नबीले ९ दशमलब ३ ओभरमा १ मेडन ओभरसंगै २८ रन खर्चेर ३ विकेट लिए । त्यसैगरी नूर अहमद २ विकेट तथा मुजीब उर रहमानले १ विकेट लिए । नेदरल्यान्ड्सका  ४ जना व्याटरलाई अफगानिस्तानका खेलाडीले रन आउट गरे।

यो जितसंगै जारी लिगमा  अफगानिस्तान  ७ खेलबाट ३ जितसहित ८ अंक पाएर तालिकाको पाँचौ स्थानमा उक्लीएको छ भने नेदरल्यान्ड्स ७ खेलबाट २ जितसहित ४ अंकका साथ आठौ स्थानमा यथावत रहेको छ। 

प्रकाशित: १७ कार्तिक २०८० १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App