२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ओमान पनि पुग्यो ट्वान्टी–२० विश्वकपमा

ओमान आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।किर्तिपुर क्रिकेट मैदानमा आज भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को पहिलो सेमिफाइनलमा  बहराइनलाई १० विकेटले हराउँदै ओमानले  विश्वकपमा खेल्ने स्थान बनाएको हो। 

यो छनौट खेलमा फाईनल पुगे संगै सन २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्न पाउने भएको हो।  

यस अघि बहराइनले दिएको १०७ रनको झीनो लक्ष्य ओमानले १४ दशमलब २ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो ।  

उपाधिको लागि ओमानले नेपालसंग पर्सि आईतबार किर्तिपुर क्रिकेट मैदानमा खेल्नेछ।समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो।  

प्रकाशित: १७ कार्तिक २०८० ०९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App