७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

युएईको मध्यम प्रदर्शन, नेपाललाई जितका लागि १३५ रनको लक्ष्य

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष जितका लागि १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको युएईले निर्धारित २० ओभरको खेल खेल्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो।  

युएईका लागि वृत्तिय अरविन्दले सर्वाधिक ६४ रनको योगदान गरे। उनले ५१ ब्लमा ८ चौका र २ छक्काको मदले उक्त रन जोडे। यस्तै युएईका कप्तान मोहम्मद वशिमले २६ रन बनाए भने अलिशान सराफुले १६ र आशिफ खानले १३ रन बनाए।  

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिँदा सन्दिप लामिछाने र सोमपाल कामीले समान २÷२ विकेट लिए।  

प्रकाशित: १७ कार्तिक २०८० ०६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App