११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

एङ्कलमा चोट लागेका दीपेन्द्र फिल्डिङमा, बलिङको पालो कुर्दै

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) मा पहिलो पटक खेलिरहेका छन्।

दीपेन्द्रले मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनलमा शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) सँग खेलिरहेका हुन्। पहिलो खेलमा सिंगापुरविरुद्धको खेल अगाडि अभ्यास गर्ने क्रममा उनी घाइते भएका थिए। त्यसपछि उनले समूहका तीन खेल गुमाएका थिए। गोलिगाठामा चोट लागेका दीपेन्द्र लामो समय मैदान रहने चर्चा चले पनि उनी युएईसँगको खेलमा फर्किएका हुन्।  

नेपालका प्रशिक्षक मोन्टी देसाईले बिहीबार नै दीपेन्द्रलाई खेलमा फर्काउने प्रयास भइरहेको जनाएका थिए। जहाँ उनले अवसर पनि पाएका छन्। १४ ओभरको खेल चलिरहँदा दीपेन्द्रले अहिलेसम्म बलिङ भने गरेका छैनन्। ओमानविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका विवेक यादवले पनि युएईविरुद्ध अवसर पाएका छन्।  

प्रकाशित: १७ कार्तिक २०८० ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App