१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

२०–२० क्रिकेट विश्वकप छनोट सेमिफाइनलः युएईले सुरु गर्यो ब्याटिङ

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालविरुद्ध युएईले ब्याटिङ सुरु गरेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी छनोटको सेमिफाइनल खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

पहिलो ओभरको खेल सकिँदा युएईले बिना कुनै विकेटको क्षतिमा १२ रन बनाएको छ।

घरेलु मैदानमा हुने आजको खेलमा नेपाललाई जित्नै पर्ने दवाव छ। आजको खेलमा नेपालले युएईलाई कम रनमा समेट्नुपर्ने दबाबमुलक बलिङ गर्नुपर्ने देखिन्छ। 

आजको खेलमा जित हात पार्दै नेपाल ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्न चाहन्छ भने युएई पनि आफ्नो ट्वान्टी–२० विश्वकपको यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रेको छ।

प्रकाशित: १७ कार्तिक २०८० ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App