१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आइसिसी ट्वान्टी–२०विश्वकप छनोट : युएईद्वारा हङकङ पराजित

आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई २२ रनले पराजित गर्दै युएई समूह ‘बी’को विजेता बन्न सफल भयो।यो जितसँगै युएईले भोलि हुने सेमिफाइनल खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल समूह ‘ए’ को उपाविजेता बन्दै सेमिफाइनलमा पुगेको हो।जितको लागि एक सय ७७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५४ रनमा समेटियो।

हङकङका लागि अन्स्या राथले सर्वाधिक ५९ रनको योगदान दिए।उनले ४७ बलमा ८ चौकासहित सर्वाधिक ५९ रन बनाएका हुन्।त्यस्तै एजिज खानले २६ निजाकत खानले २५, तथा नस्रुल्लाह रानाले १३ रन बनाए।त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।युएईका अली नासिर र जहुर खानले समान दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनाएको थियो।युएईका लागि बासिल हामिद सर्वाधिक ५१ रनका योगदान दिए।उनले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रन बनाएका हुन्।

कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे।एलिशान शराफुले २४ बलमा २ चौका र २ छक्कासहित ३४ रन बनाए।वृत्य अरविन्द्यले १९ रन जोड्दा  खालिद शाह ६ तथा आसिफ खान ४ रनमा आउट भए।हङकङका यासिम मुर्तजाले तीन विकेट लिए भने नस्रुल्लाह रानाले दुई विकेट लिए। एहसान खानले एक विकेट लिए।

प्रकाशित: १६ कार्तिक २०८० ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App