२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टि- २० विश्वकप छनोट गुमाउने !

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टि-२० विश्वकप छनोटका खेलहरु गुमाउने भएका छन्।

सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनको एन्कलमा चोट लागेर घाइते भएका थिए।

घाइते भएपछि ऐरीले सोमबार भएको नेपाल र सिंगापुरको खेल पनि गुमाएका थिए भने मंगलबार भएको नेपाल र मलेसियाबिचको खेल पनि गुमाएका छन्।

मंगलबार नेपाल र मलेसियाबीचको खेलपछि पत्रकार सम्मेलनमा बोल्दै स्पिनर सन्दीप लामिछानले दीपेन्द्रसिंह ऐरी करिब एक/ढेड महिना मैदानबाहिर रहन सक्ने जानकारी आएको बताएका छन्।

उनले दीपेन्द्रको अभाव टोलीमा धेरै खड्किन नदिने पनि बताएका छन्।

ऐरी नेपाली क्रिकेट टिमका टि२० आइमा सर्वाधिक रन बनाउने खेलाडी हुन। उनले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रर्दशन गरेका छन् चाहे ती एसियन खेल अन्र्तगतका हुन वा हालै सम्पन्न त्रिकोणात्मक प्रतिस्पर्धा होस। उनी अहिले निकै फर्ममा छन्। टिममा निकै भरोसा गरिएका खेलाडी हुन।  

प्रकाशित: १४ कार्तिक २०८० १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App