२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः हङकङविरुद्ध बहराइनले १४६ रन बनायो

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगितामा हङकङविरुद्ध बहराइनले १४६ रन बनाएको छ।  

मूलपानी क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु भएको यो खेलमा टस हारेर  पहिला व्याटिङ गरेको बहराइनले १९ दशमलब ३ ओभरमा १४६ रन बनाउँदा सबै विकेट गुमाएको हो।  

जवाफमा  हङकङले व्याटिङ सुरु गरिसकेको छ । ताजास्थीतीमा हङकङले २ ओभरमा १ विकेट गुमाएर  रन ६  बनाएको छ।

जारी खेलमा दुवैको यो दोस्रो खेल हो । यस अघि बहराइन युएईसंग ५ विकेटबाट पराजित भएको थियो भने  हङकङले कुबेतलाई १६ रनले हराएको थियो।

समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् भने  समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।

दुवै समूहबाट  शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली  सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: १४ कार्तिक २०८० ०५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App