२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः हङकङविरुद्ध बहराइनको पाँच विकेट गयो

 

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्र्तगत बिहान ९ बजेदेखि हङकङ र  बहराइनबिच भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा भइरहेको यी दुईबिचको खेलमा टस हारेर बहराइनले पहिला व्याटिङ गरिरहेको छ । बहराइनले कमजोर शुरुवात गर्दै १० दशमलब २ ओभर भित्र पाँच विकेट गुमाई सकेको छ । बहराइनले पहिलो विकेट पहिलो ओभरको ४ बलमा , दोस्रो विकेट २ दशमलब ४ ओभरमा तथा तेस्रो विकेट  ४ दशमलब ४ ओभरमा गुमाएको हो । १० ओभरमा चार विकेट गुमाएको हो । त्यसैगरी १० दशमलब २ ओभरमा पाँचौ विकेट गुमाएको छ ।  

ताजास्थीतीमा बहराइनले ११ ओभरमा ५ विकेट गुमाएर जम्मा ६२ रन मात्र बनाएको छ ।  

जारी खेलमा दुवैको यो दोस्रो खेल हो । यस अघि बहराइन युएईसंग ५ विकेटबाट पराजित भएको थियो भने  हङकङले कुबेतलाई १६ रनले हराएको थियो।

समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन् भने  समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् एक एक खेल पछि समूह ए मा नेपाल र ओमानले दुई दुई अंक पाएका छन । त्यसैगरी समूह बी मा हङकङ र युएईले दुई दुई अंक पाएका छन।

दुवै समूहबाट  शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने टोली  सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित: १४ कार्तिक २०८० ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App