३ असार २०८१ सोमबार
image/svg+xml
खेल

बुफोन सर्वोत्कृष्ट घोषित

मिलान– इटालीका गोलकिपिङ हस्ती जियानलुइजी बुफोनले मिलानमा आयोजित ग्रान गाला डेल काल्सियो अवार्डमा इटालियन सिरी ‘ए’ को उत्कृष्ट खेलाडी पुरस्कार जित्दै विश्वकपमा छनोट नहुनाको पीडामा मलम लगाएका छन्। 

‘विश्वकपमा नछानिनु र केही च्याम्पियन्स लिगको फाइनलमा हार्नु मेरो करियरका सबभन्दा निराशाजनक पक्ष हुन्,’ युभेन्ट्सका ३९ वर्षे गोलकिपरले सोमबार रातिको अवार्ड कार्यक्रममा पुरस्कृत भएपछि भने, ‘मैले कहिल्यै पनि यस्तो अवार्ड जित्छु भनेर कल्पना गरेको थिइनँ । त्यसैले म अहिले अत्यन्तै खुसी र गौरवान्वित छु । मैले उत्कृष्ट युवा खेलाडीका रूपमा कहिल्यै कुनै पुरस्कार जितिनँ, त्यसैले यो अवार्ड मेरा लागि विशेष छ।’

अघिल्लो सोमबार स्विडेनसँग पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली ६० वर्षपछि पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएपछि बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका थिए । बुफोनले गत सिजन युभेन्ट्सबाट १०औं पटक सिरी ‘ए’ को उपाधि जितेका थिए । यसका साथै गत सिजनमा तेस्रो पटक इटालियन कपको उपाधि जितेका बुफोन टोलीले तीन वर्षमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनल यात्रा तय गर्दाका मुख्य खेलाडी थिए । 
युभेन्ट्सका खेलाडीले इटालीको सर्वोत्कृष्ट खेलाडी पुरस्कार जितेको यो लगातार छैटौं वर्ष हो । यसअघि २०१२ देखि २०१४ सम्म आन्द्रिया पिर्लो सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । २०१५ मा कार्लोस टेभेज र २०१६ मा लियोनार्दो बोनुचीले यो पुरस्कार हात पारेका थिए। 

इटालियन फुटबलको अवार्डमा नेपोलीका माउरिजियो सारीले उत्कृष्ट प्रशिक्षकको पुरस्कार जिते। 

प्रकाशित: १३ मंसिर २०७४ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App