२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटः सिङ्गापुरलाई ८ विकेटले हराउँदै नेपाल विजयी

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले शानदार जित हात पारेको छ। सिङ्गापुरविरुद्ध आफ्नो पहिलो खेल खेलेको नेपाल ८ विकेटले विजयी भएको हो।  

टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनायो। १४६ रनको लक्ष्यसहित मैदान उत्रेको नेपालले मात्र २ विकेटको क्षतिमा १६ शमदलव ३ बल खेल्दै जित हात पार्यो।  

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाएर आउट भए। यस्तै नेपालका कप्तान रोहितकुमार पौडेलले २४ बलमा ३५ रन जोेडे। जबकी ओपनर ब्याट्सम्यान आशिफ शेखले २६ बनलमा २७ रन बनाए।  

सिङ्गापुरका लागि अक्षय पुरीले १ विकेट लिए।  

काठमाडौँमा जारी छनोटमा समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्।  

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।  

प्रकाशित: १३ कार्तिक २०८० ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App