२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

१४६ रनको लक्ष्यसहित नेपालले थाल्यो ब्याटिङ, आशिफ र कुशल मैदानमा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको खेलमा नेपालले ब्याटिङ सुरु गरेको छ।

सिङ्गापुरले दिएको १४६ रनको लक्ष्यसहित नेपालले ब्याटिङ सुरु गरेको हो। नेपालका लागि हाल मैदानमा आशिफ शेख र कुशल भुर्तेल मैदानमा छन्। हालसम्मको अवस्थामा नेपालले पहिलो ओभरको खेल सकिँदा १४ रन बनाएको छ।

त्रिवि किक्रेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४५ रन बनायो।

सिङ्गापुरका लागि १ रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए भने आर्यवीर चौधरीले ३७ रन जोड्दा मनप्रित सिंहले २४ रन बनाए। अन्य खेलाडीले खासै राम्रो प्रदर्शन गर्न सकेनन्।

प्रकाशित: १३ कार्तिक २०८० ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App