१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :अष्ट्रेलिया र न्युजिल्याण्डबिचको खेल सुरु,अष्ट्रेलिया पहिला व्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औ सस्करण अन्र्तगत अष्ट्रेलिया र न्युजिल्याण्डबिच खेल सुरु भएको छ।भारतको हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार आज विहान १० :४५ देखि सुरु भएको हो। न्युजिल्याण्डले टस जितेर अष्ट्रेलियालाई पहिला व्याटिङ गर्न लगाएको छ।

जारी खेलमा दुवैको यो छैठौ खेल हो।पाँच पटकको बिजेता अष्ट्रेलिया ५ खेलमा ३ जित र २ हारसंगै ६ अंकका साथ चौथो स्थानमा रहेको छ। त्यसैगरी साविकको उपबिजेता न्युजिल्याण्डबिच ५ खेलमा ४ जित र १ हारसंगै ८ अंकपाएर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

विश्वकप क्रिकेटमा अष्ट्रेलिया र न्युजिल्याण्डबिचअहिलेसम्म ११ पटक खेल भएका छन। जसमा अष्ट्रेलियाले  ८ पटक तथा न्युजिल्याण्डले ३ पटक जितेको छ। एकदिवसीय खेलमा चाहि यी दुई विच १४१ पटक प्रतिस्पर्धा भएको छ। अष्ट्रेलियाले ९५ पटक जित्दा न्युजिल्याण्डले ३९ पटक जितेको छ। ७ पटक खेलको निर्णय हुन सकेनन। जारी विश्वकपमा न्युजिल्याण्ड लयमा रहेको छ भने अष्ट्रेलियाले सोचे जस्तो प्रदर्शन गर्न सकेको छनै। दुवै टोली आजको खेलमा जित निकाल्दै आफुलाई विश्वकपको दावेदारी प्रस्तुत गर्न चाहन्छन। 

प्रकाशित: ११ कार्तिक २०८० ०५:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App