२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेट: नेपालद्वारा युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले युएईसमक्ष १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६२ रन बनायो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५० रनको योगफल तयार पारे। यस्तै करण केसीले २३, दिपेन्द्रसिंह ऐरीले २० रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले १८ रन बनाए।  

सोमपाल कामी १३ रनमा आउट हुँदा सन्दिप जोराले १० रन बनाए। त्यसबाहेक अन्य खेलाडीले खासै रन बनाउन सकेनन्।

युएईका लागि आयान अफजल खानले सर्वाधिक ३ विकेट लिए। 

प्रकाशित: १० कार्तिक २०८० ०७:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App