२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलः युएईविरुद्ध नेपालको राम्रो सुरुआत

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको उपाधि खेलमा नेपालले राम्रो सुरुआत गरेको छ। किर्तिपुरस्ति त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले राम्रो सुरुआत गरेको हो।

३ ओभरको खेल सकिँदा नेपालले २६ रन बनाएको छ। नेपालका लागि मैदानमा कुशल भुर्तेल र आशिफ शेख मैदानमा छन्। कुशल १२ बलमा २० रन बनाएर खेलिरहेका छन् भने आशिम ६ बलमा ५ रन बनाएर खेलिरहेका छन्।  

सिरिजमा चार वटै खेलमा शानदार जितसहित नेपाल फाइनलमा पुगेको हो भने युएई रनरेटको आधारमा फाइनल प्रवेश गरेको हो।

टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरुप नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजको आयोजना गरेको हो।

प्रकाशित: १० कार्तिक २०८० ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App