१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :अस्ट्रेलियाद्धारा नेदरल्यान्ड्स ३०९ रनले पराजित

 भारतमा जारी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध अस्ट्रेलियाले विशाल अन्तरबाट विजयी हात पारेको छ।

भारतको फिरोज शाह कोटला मैदानमा आज सम्पन्न खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई ३०९ रनको विशाल अन्तरबाट हराएको हो।  

यस अघि  अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८ विकेट  गुमाएर३९९ रन बनाएको थियो।

जवाफमा नेदरल्यान्ड्स २१ ओभरमा ९० रन बनाउँदा अल आउट हुन पुग्यो र खेल ३०९ रनले हार्यो ।

 विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्सका लागि ओपनर विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाएका थिए । स्कट एडवार्ड्सले १२, सेबार्ड इङगेलब्रेचले ११, कोलिन एकरम्यानले १० रन जोडे भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । त्यसमध्ये ३ खेलाडीले भने रनको खाता खोल्न सकेनन्।

नेदरल्यान्ड्सलाई जम्मा ९०  रनमा समेट्न अस्ट्रेलियाका एडम जाम्पाले किफायती बलिङ गर्दै ४ विकेट लिएका थिए।३ ओभर बलिङ गरेका जाम्पाले ८ रन खर्चेर ४ विकेट लि। मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान १/१ विकेट लिए।

यस अघि अस्ट्रेलियाको पालीमा  डेविड वॉर्नर र ग्लेन मैक्सवेलले सतकिय पाली खेले। वॉर्नरले १०४  तथा  ग्लेन मैक्सवेलले १०६ रन बनाए।त्यसैगरी अस्ट्रेलियाका स्टीव स्मिथले ७१ रन तथा मार्नस लाबुशेनले ६२ रन बनाए।

नेदरल्यान्ड्सका लोगन वैन बीकले ४ विकेट तथा बास डलीडेले २ विकेट लिए।

यो जितपछि अस्ट्रेलिया ५ खेलमा ३ जीत र २ हारसंगै ६ अंक बटुलेर अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स २ अंकका साथ दशौ स्थानमा रहेको छ। 

प्रकाशित: ८ कार्तिक २०८० १५:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App