१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल जारी,अस्ट्रेलिया पहिले ब्याटिङ गर्दै

भारतमा जारी विश्वकप क्रिकेटमा अहिले पाँच पटकको बिजेता अस्ट्रेलिया र नेदरल्यान्ड्सबिचको खेल भईरहेको छ।  

भारतको फिरोज शाह कोटला मैदानमा दिउँसो २ :१५ बाट सुरु भएको यो खेलमा  अस्ट्रेलिया टस जितेर पहिला ब्याटिङमा उत्रेको छ ।  अस्ट्रेलियाका मिचेल मार्श ९ तथा स्टीव स्मिथ ७१ रन बनाएर आउट भएका छन । अहिले डेविड वॉर्नर  ८८ तथा मार्नस लाबुशेन २६ रन बनाएर खेलिरहेका छन।

 अस्ट्रेलियाले पहिलो विकेट ३ दशमलब ५ओभरम २८ रन बनाउँदा गुमाएको थियो।त्यसैगरी दोस्रो विकेट २३ दशमलब ३ ओभरमा १६० रन बनाउँदा गुमाएको हो।

ताजास्थीतीमा ३१ ओभरमा अस्ट्रेलियाले २ विकेट गुमाएर १९९ रन बनाएको छ ।

पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आजको खेलमा जित हात पार्दै आफ्नो अङ्क तालिकामा स्थान सुधार्न चाहन्छ। प्याट कमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। ४ खेल खेलेको अस्ट्रेलियाले २ मा जित हात पारेको छ भने २ मा पराजित भएको छ। अस्ट्रेलिया अङ्क तालिकाको पाँचौ स्थानमा रहेको छ।

यस्तै स्टक एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्डस् जारी प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै आएको छ। समान ४ खेल खेलेको नेदरल्यान्ड्सले १ मा मात्रै जित हात पारेको छ र अङ्क तालिकाको सातौ स्थानमा रहेको छ।

प्रकाशित: ८ कार्तिक २०८० १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App