७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपालले यूएईलाई ५ विकेटले हरायो

काठमाडौमा जारी त्रिकोणात्मक टि २० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गरेको छ।यस अघि लगातार तीन खेल जितेर फाईनलमा पुगिसकेको नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराएको हो।

नेपालले जितका लागि पछ्याएको १६५ रन १९ दशमलब २ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।

नेपाललाई जिताउन आशिफ शेखले ५० बलमा ६ चौका र २ छक्कासहित ६२ रन बनाए। त्यसैगरी कप्तान रोहित पौडल ४२ बलमा ४ चौका र १ छक्कासंगै ४७ रन बनाएर आउट भए। दिपेन्द्रसिंह ऐरी ४०  रनमा नट आउट रहे । कुसल भुर्तेल १, कुसल मल्ल ० तथा सोमपाल कामी २ रनमा आउट भए । कुुसल मल्ल रन आउट भएका हुन ।  

युएईका मुहम्मद जवादुल्लाहले २ विकेट तथा ज़हूर ख़ान र अकिफ़ राजाले १ विकेट लिए ।  

यस अघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक विकेट लिए।  

प्रकाशित: ६ कार्तिक २०८० ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App