काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले युएईविरुद्ध सय रन पूरा गरेको छ।
युएईले दिएको १६५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न मैदान उत्रेको नेपालले निर्धारित ओभरको १४ ओभर खेल्दै ३ विकेटको क्षतिमा १०५ रन बनाएको छ।
सुरुमा कमजोर प्रदर्शन गरेको नेपालले कप्तान रोहित पौडेल र आशिफ शेखले पारी सम्हाल्दै ब्याटिङ गरिरहेका छन्।
प्रकाशित: ६ कार्तिक २०८० ०८:२३ सोमबार