१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: भारले न्युजिल्याण्डलाई ४ विकेटले हरायो

विश्वकप क्रिकेटमा आयोजक भारतले न्युजिल्याण्डलाई पराजित गरेको छ।  

आज हिमान्चल प्रदेशको धर्मशाला क्रिकेट मैदानमा भएको खेलमा  भारतले न्युजिल्याण्डलाई ४ विकेटबाट हराएको हो।  

यो जितसंगै भारत अपराजित रहँदै ५  खेलबाट १० अंक पाएर शीर्षस्थानमा उक्लीएको छ।

त्यसैगरी न्युजिल्यान्ड पहिलो पराजयसँगै ५ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ।  

भारतले जितको लागि २७४ रन पछ्याउने क्रममा  ४८ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

भारतको जितमा कप्तान रोहित शर्माको ४६ रन , शुभमन गिलको २६ रन, श्रेयस अय्यरको ३३ रन, के एल राहुको  २७ रन महत्वपूर्ण रहयो । त्यसैगरी भारतका लागि सबै भन्दा वढि विराट कोहलीले ९५ रन बनाए । रविन्द्र जडेजा ३९  रनमा नट आउट भए।  न्युजिल्याण्डका लागि लॉकी फ़र्ग्युसनले २ तथा मिचेल सैंटनर,मैट हेनरी र ट्रेंट बोल्टले एक एक विकेट लिए। 

न्युजिल्याण्डको पालोमा डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले।उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो।रचिन रविन्द्रले ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रन बनाए।

कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए।

भारतका लागि  मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए।कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए। जस्प्रित बुमराह र मोहम्मद शामीले समान १/१ विकेट लिए ।

प्रकाशित: ५ कार्तिक २०८० १६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App