७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

भारतविरुद्ध न्युजिल्याण्डले २७३ रन बनायो

विश्वकप क्रिकेटको अन्र्तगत भारतविरुद्ध न्युजिल्याण्डले २७३ रन बनाएको छ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा  आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्ने निम्तो दिएको हो। 

 न्युजिल्याण्डले पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा २७३ रन बनाउँदा सबै विकेट गुमायो। न्युजिल्याण्डका लागि सबै भन्दा वढि डैरिल मिचेल सबै भन्दा वढि १३० रन बनाए। त्यसैगरी रचिन रविंद्रले ७५ रन बनाए । भारतका लागि सबै भन्दा वढिमोहम्मद शमीले  ५ विकेट लिए।

जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन।

न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

प्रकाशित: ५ कार्तिक २०८० १२:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App