६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

न्युजिल्याण्डविरुद्ध भारतलाई दोस्रो विकेट हात लाग्यो

विश्वकप क्रिकेटको अन्र्तगत न्युजिल्याण्डविरुद्ध आयोजका भारतले दोस्रो विकेट लिन सफल भएको छ।

पहिलो विकेट ३ दशमलब ३ ओभरमा लिएको भारतले दोस्रो विकेट ८ दशमलब १ ओभरमा लिएको हो।दोस्रो विकेट भारतका मोहमद सामीले लिएका हुन। उनले न्युजिल्याण्डका  विल यंगलाई १७ रनमा आउट गरेका हुन।दोस्रो विकेट जाँदा न्युजिल्याण्डले  १९ रन बनाएको थियो।

 यस अघि खेल सुरु भएको चौथो ओभरमै भारतका बलर मोहम्मद सिराजले न्युजिल्याडका सुरुवाती व्याटर डेवन कॉन्वेलाई ० रनमा पेभेलियनको बाटो देखाएर दवाबमा राखेका छन। ३ दशमलब ३ ओभरमा डेवन कॉन्वे  आउट हुँदा न्युजिल्याण्डले  ९ रन जोडेको थियो । न्युजिल्याण्डले पहिलो ओभरमा कुनै रन बनाएन । दोस्रो ओभरमा ५ तथा तेस्रो ओभरमा ४ रन बनायो।ताजास्थीतीमा न्युजिल्याण्डले १२ ओभरमा २ विकेट गुमाएर ४८ रन बनाएको छ।

जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन।

न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।

भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा  आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्ने निम्तो दिएको हाे।

प्रकाशित: ५ कार्तिक २०८० ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App