विश्वकप क्रिकेटको १३ औ सस्करणको खेल अन्र्तग न्युजिल्याण्ड र भारतबिच खेल भईरहेको छ।आयोजक भारतले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ गर्ने निम्तो दिएको छ।
भारतको हिमाचल प्रदेशको धर्मशालास्थित एचपिसिए स्टेडियममा नेपाली समय अनुसार दिउँदो २ः१५ बजे सुरु भएको यो खेलमा आयोजक भारतलाई पहिलो विकेट हात लागेको छ ।
खेल सुरु भएको चौथो ओभरमै भारतका बलर मोहम्मद सिराजले न्युजिल्याडका सुरुवाती व्याटर डेवन कॉन्वेलाई ० रनमा पेभेलियनको बाटो देखाएर दवाबमा राखेका छन। ३ दशमलब ३ ओभरमा डेवन कॉन्वे आउट हुँदा न्युजिल्याण्डले ९ रन जोडेको थियो । न्युजिल्याण्डले पहिलो ओभरमा कुनै रन बनाएन । दोस्रो ओभरमा ५ तथा तेस्रो ओभरमा ४ रन बनायो। ताजास्थीतीमा न्युजिल्याण्डले ७ ओभरम १ विकेट गुमाएर १८ रन बनाएको छ।
जारी लिगमा भारत र न्युजिल्यान्डले कुनैपनि खेल गुमाएको छैन। त्यसकारण पनि आजको खेल रोमाञ्चक हुने देखिन्छ।
न्युजिल्यान्ड लिगको शिर्ष स्थानमा छ भने भारत दोस्रो स्थानमा छ। समान ४/४ खेल खेलेको दुबै टोलीले ४ वटैमा जित हात पारेपनि भारत रनरेटको आधारमा दोस्रो र न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ।
रोहित शर्माको कप्तानीमा रहेको भारत आजको खेलमा जित हात पार्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ भने न्युजिल्यान्ड आफ्नो स्थान कायम राख्न चाहन्छ।
प्रकाशित: ५ कार्तिक २०८० ०८:५८ आइतबार