त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत हङकङविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले पनि अर्धशतक बनाएका छन्।
३० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५१ रन बनाएका हुन्।
यसअघि नै कुशल मल्लले पनि अर्धशतक बनाएका छन्।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ।
प्रकाशित: ४ कार्तिक २०८० ०६:५५ शनिबार