२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेटः आज अस्ट्रेलिया र पाकिस्तान भिड्दै

आइसीसी विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तानबीच खेल हुँदैछ। एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने आजको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।  

पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रने छ।  

जारी प्रतियोगितामा अस्ट्रेलियाले ३ खेल खेल्दा १ मा मात्रै जित हात पार्न सकेको छ भने समान खेल खेलेको पाकिस्तानले २ खेलमा जित हात पारेको छ।  

पाकिस्तान अङ्क तालिकाको चौथो स्थानमा रहेको छ भने अस्ट्रेलिया छैटो स्थानमा रहेको छ। आजको खेलमा दुबै टोली जित हात पार्दै अङ्क तालिकामा माथि उक्लन चाहन्छ।  

प्रकाशित: ३ कार्तिक २०८० ०४:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App