१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्व कप क्रिकेट :अफगानिस्तानविरुद्ध न्युजिल्याण्डले २८८ रन बनायो

भारतमा जारी विश्व कप क्रिकेटमा अफगानिस्तानविरुद्ध न्युजिल्याण्डले २८८ रन बनाएको छ। भारतको चैनईमा भईरहेको यो खेलमा अफगानिस्तानले टस जितेर न्युजिल्याण्डलाई पहिला व्याटिङ  गर्न निम्तो दिएको हो।न्युजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर २८८ रन बनाएको हो।

न्युजिल्याण्डका  ग्लेन फ़िलिप्सले ७१ रन   कप्तान टॉम लेथमले ६८ रन , विल यंगले ५४ रन रचिन रविंद्रले ३२ रनमा तथा डेवन कॉन्वेले २० रन बनाए।

अफगानिस्तानका लागि नवीन उल हक़ र अज़मतउल्लाह ओमरज़ाईले दुई दुई विकेट लिए। त्यसैगरी मुजीब उर रहमान र राशिद ख़ानले एक एक विकेट लिए ।

जितको लागि २८९ रन पछ्याएको अफगानिस्तानले ताजास्थीतीमा ४ ओभरमा कुनै विकेट नगुमाई  १३ रन बनाएको छ ।  

जारी प्रतियोगितामा यी दुवैको यो चौथो खेल हो। न्युजिल्याण्डले यस अघिका तीनै खेल जितेर ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने अफगानिस्तानले १ खेल जितेर  २ अंकका साथ तालिकामा  छैठौ स्थानमा रहेको छ।

अफगानिस्तान र न्युजिल्याण्डविच अहिलेसम्म २ पटक खेल भएको छ।दुबै पटक  न्युजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेको छ। 

प्रकाशित: १ कार्तिक २०८० १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App