१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

करणलाई तेस्रो सफलता, युएईले गुमायो छैठौ विकेट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले छैंठौ विकेट गुमाएको छ। यो खेल काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ।

करण केसीले छैंठौ विकेट लिएका छन्। उनले लिएको यो तेस्रो विकेट हो। केसीले मुहम्मद फराझुद्दीन लाई आउट गरेको हुन्। करणको बलमा आशिफ सेफले उनलाई क्याच आउट गरेका हुन्।

यसअघि करण केसीले युएईका अलि नसिरलाई रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका हुन्। यो करणको दोस्रो विकेट हो।

गुल्शन झाले चौथो र तेस्रो विकेट लिएका थिए। उनले चौथो विकेटका रुपमा आसिफ खानलाई सन्दिप जोराको हातबाट क्याच आउट गराएका थिए।  यसअघि गुल्शन झाले नै युएईका मुहम्मद वसिमलाई आउट गरेको थिए। झाको बलमा वसिम कुसल भुर्तेलबाट क्याच आउट भएका थिए।

यसअघि सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए। कामीले युएईको ओपनर खालिद शाह र केसीले अलीशान शरफुलाई आउट गरेका हुन्। यसअघिका दुवै ब्याट्म्यान क्याच आउट भएको हुन्।  

युएईले १९ ओभरमा १३४ रन बनाएर ६ विकेट गुमाएको छ। नेपालले युएईविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित: १ कार्तिक २०८० ०९:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App