१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

गुल्शनलाई दोस्रो सफलता, युएईले गुमायो चौथो विकेट

फाइल तस्बिर

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले चौथो विकेट हात पारेको छ। उक्त खेल काठमाडौको माथिल्लो मुलपानीस्थित क्रिकेट मैदानमा भइरहेको छ।

गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।

यसअघि गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको थिए। झाको बलमा वसिम कुसल भुर्तेलबाट क्याच आउट भएका थिए।

टस जितेर बलिंङ रोजेको नेपालले अहिलेसम्म चार विकेट लिएको छ।  

यसअघि बलर सोमपाल कामी र करण केसीले एक–एक विकेट लिएका थिए। कामीले युएईको ओपनर खालिद शाह र केसीले अलीशान शरफुलाई आउट गरेका हुन्। यसअघिका दुवै ब्याट्म्यान क्याच आउट भएको हुन्।  

युएईले ९ ओभरमा ५३ रन बनाएर ४ विकेट गुमाएको छ। नेपालले युएईविरुद्धको खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको हो।

प्रकाशित: १ कार्तिक २०८० ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App