१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजः युएईका खालीद शून्य रनमा आउट

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।

मूलपानी क्रिकेट मैदानमा केहीबेर अघि सुरु भएको खेलमा नेपालले पहिलो विकेटको रुपमा युएईका खालीद शाहलाई आउट गरेको हो।

नेपालका सोमपाल कामीले शाहलाई जिरो रनमा आउट गरेका हुन्।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेर युएईलाई पहिले ब्याटिङ् गर्ने निम्तो दिएको हो।

हालसम्मको अवस्थामा युएई १ विकेटको क्षतिमा तीन ओभर खेल्दै १० रन बनाएर खेलिरहेको छ।

प्रकाशित: १ कार्तिक २०८० ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App