१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :इग्ल्याण्डबिरुद्ध अफगानिस्तानले २८४ रन बनायो

भारतमा जारी विश्वकप क्रिकेटमा इग्ल्याण्डबिरुद्ध अफगानिस्तानले २८४ रन बनाएको छ।  

अफगानिस्तानले ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर २८४ रन बनाउन सफल भएको हो।

भारतको राजधानी नयाँ दिल्लीस्थित अरुण जेटली स्टेडियममा  दिउँसो २ः१५ बजेदेखि  सुरु भएको यो खेलमा अफगानिस्तानले टस हारेर पहिला व्याटिङको निम्तो पाएको हो।  

अफगानिस्तानका लागि सबै भन्दा वढि सुरुवाती व्याटर हशमतउल्लाह शहीदीले ५७ बलमा  ८ चौका र ४ छक्कासहित ८० रन बनाए । इकराम अलीख़िले ५८ रन बनाए । त्यसैगरी मुजीब उर रहमान  र इब्राहिम ज़दरानले २८ /२८ रन बनाए। राशिद ख़ानले २३ रन, अज़मतउल्लाह ओमरज़ाईले १९, कप्तान हशमतउल्लाह शहीदीले १४ रन मोहम्मद नबीले ९ रन तथा रहमत शाहले  ३ रन बनाए । नवीन उल हक़  ५  रनमा आउट हुँदा फ़ज़लहक़ फ़ारूक़ी २ रनमा नट आउट रहे।

इग्ल्याण्डका लागि सबै भन्दा वढि आदिल रशीदले १० ओभरमा १ मेडन ओभरसहित ४२ रन खर्चेर  ३ विकेट लिए । त्यसैगरी मार्कले वुड २ विकेट लिए । त्यसैगरी रीस टॉप्ली, लियम लिविंगस्टन र जो रूटले एक एक विकेट लिए।

जारी प्रतियोगितामा इंग्लान्डले २ खेल खेल्दा १ मा जित र १ मा पराजित भएको छ। इंग्ल्यान्ड २ अङ्कका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ भने समान खेलेको अफगानिस्तानले अहिले सम्म कुनै  जित हात पार्न सकेको छैन।अफगानिस्तान तालिकाको पुछारमा रहेको छ।    अफगानिस्तानको टोली 

रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,हशमतउल्लाह शहीदी कप्तान ,अज़मतउल्लाह ओमरज़ाई,इकराम अलीख़िल,मोहम्मद नबी,राशिद ख़ान,मुजीब उर रहमान,नवीन उल हक़ र फ़ज़लहक़ फ़ारूक़ी

इग्ल्याण्डको टोली

जॉनी बेयरस्टो,डाविड मलान,जो रूट,जॉस बटलर कप्तान,हैरी ब्रूक,लियम लिविंगस्टन,क्रिस वोक्स,सैम करन,आदिल रशीद,मार्क वुड र रीस टॉप्ली

प्रकाशित: २८ आश्विन २०८० १२:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App