१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कप २०२४ मा छनोट

फ्रान्स, बेल्जियम र पोर्चुगलले शुक्रबार राति आफ्ना प्रतिद्वन्द्वीविरुद्ध एक गोलको अन्तरमा जित निकाल्दै आगामी वर्ष हुने युरो कप २०२४ मा स्थान बनाउने पहिलो टोली बनेका छन् ।

भियनामा तीन गोलको अग्रता लिए पनि बेल्जियमले १० खेलाडीमा सीमित अस्ट्रियामाथि ३–२ को जितमा चित्त बुझायो । यद्यपि, त्यो नतिजा नै बेल्जियममा समूह ‘एफ’ को शीर्ष दुई स्थानमा रहेर जर्मनीमा हुने युरो कपको टिकट काट्न पर्याप्त बन्यो । किलियन एमबाप्पेको दुई गोल प्रेरणाको बावजुद फ्रान्सले आम्सटर्डममा नेदरल्यान्डसँग २–१ को जित निकाल्यो । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले पनि आफ्नो घरेलु मैदान पोर्टोमा स्लोभाकियामाथि ३–२ को जित आत्मसात् ग¥यो । पोर्चुगलको जितमा पनि रोनाल्डोले गरेको दुई गोल निर्णायक बन्यो । पोर्चुगलले पनि दुई गोलको अग्रता लिए पनि अन्तमा ३–२ को नतिजा सामना गरेको हो ।

यो जितसँगै पोर्चुगल समूह ‘जे’ बाट शीर्ष दुई स्थानमा रहेर युरो कपको यात्रा तय गर्न सफल भयो । आम्सटर्डममा किलियन एमबाप्पेले भली गोलमार्पmत खेलको सातौं मिनेटमा नै घरेलु टोलीलाई निराश बनाए । त्यसपछि उनले दोस्रो हाफ सुरु भएको आठौं मिनेटमा नै अर्को गोल थपे । दोस्रो पटक पनि उनले सुन्दर गोल गरेका थिए । यो उनको ४२औं अन्तर्राष्ट्रिय गोल हो । यससँगै उनले फ्रान्सका लिजेन्ड मिचेल प्लाटिनीको गोलसंख्यालाई पछि पारे । फ्रान्सका लागि सर्वाधिक गोलकर्ताको सूचीमा भने उनी चौथो स्थानमा छन् । एमबाप्पे ह्याट्रिक गर्ने अवसरबाट पनि चुकेका थिए । ‘हामीले राम्रा पक्षको जहिल्यै कदर गर्नुपर्छ,’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले भने,‘दुई खेल बाँकी छँदा नै हामी छनोट भएका छौं । यसबीच हामीले ६ जित निकाल्दा १३ गोल ग¥यौं र एक गोल मात्र बेहोरेका छौं । यो सफलता प्राप्त गर्दा धेरै खुसी छु ।’ ग्रिसले पनि डब्लिनमा आयरल्यान्डलाई २–० ले हराउँदै युरो कप छनोट सम्भावनाबाट बाहिर पठाउँदै डच टोलीमाथि पनि दबाब बनाएको छ । आगामी मंगलबार ग्रिस र नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्दै छन् । यो जितलाई नै टोलीको युरो कपमा छनोट यात्रा तय हुनेछ । समूह ‘जे’ मा पोर्चुगलले सातौं जित निकाल्यो ।

यस क्रममा स्टार खेलाडी रोनाल्डोले १२५औं अन्तर्राष्ट्रिय गोल पूरा गरेका छन् । २१ अंकसहित पोर्चुगललाई शीर्ष दुईमा स्थान पक्का गराएको छ ।  

प्रकाशित: २८ आश्विन २०८० ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App