३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाको कमजोर सुरुवात, अस्ट्रेलिया ७०-६ को स्थीतीमा

भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत अहिले अस्ट्रेलिया र विरुद्ध दक्षिण अफ्रिकाविच खेल भईरहेको छ।

जितको लागि ३१२ रनको लक्ष्य सहित मैदानमा उत्रेको अस्ट्रेलियाको सुरुवात कमजोर रहेको छ ।  

११ दशमलब १ ओभर भित्र अस्ट्रेलियाले ४ विकेट गुमाएर  ५६ रन मात्र जोड्न सकेको छ। अस्ट्रेलियाका डेविड वॉर्नर १३ रनमा, मिचेल मार्श  ७ रनमा, स्टीव स्मिथ १९ रनमा ,जॉश इंग्लस ५ रन तथा ग्लेन मैक्सवेल  ३ रन बनाएर आउट भएका छन । दक्षिण अफ्रिकाका लागि कगिसो रबाडाले ३ विकेट तथा लुंगिसानी एनगिडी, केशव महाराज र मार्को यानसनले एक एक विकेट लिएका छन्। ताजास्थीतीमा अस्ट्रेलियाले १७ दशमलब २ओभरमा ६ विकेट गुमाएर ७० रन बनाएको छ।

भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा  भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर  दक्षिणअफ्रिकालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको हो।पहिला ब्याटिङ गर्दै सुरुवाती व्याटर क्विंटन डिकॉकको सतकसंगै दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको हो । क्विंटन डिकॉकले १०६ बलमा ८ चौका र ५ छक्का सहित १०९ रन बनाए।

दक्षिण अफ्रिकाका लागि एडन मारक्रमले ५६ , कप्तान तेम्बा बवूमाले ३५ , हेनरिक क्लासेन २९ तथा रासी वान दर दुसें र मार्को यानसनले २६ २६ रन बनाए।अष्ट्रेलियाका लागि ग्लेन मैक्सवेल र मिचेल स्टार्कले २र२ तथा जॉश हेज़लवुड,ऐडम ज़ैम्पा र पैट कमिंसले १ र १ विकेट लिएका हुन।

जारी प्रतियोगितामा दुवै टोलीले समान एक एक खेल खेलिसकेका छन्।जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

प्रकाशित: २५ आश्विन २०८० १४:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App