२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले बनाए सतक

भारतमा जारी विश्वकप क्रिकेट सन् २०२३ अन्तर्गत अस्ट्रेलियाविरुद्ध  र दक्षिण अफ्रिकाका क्विंटन डिकॉकले सतक पुरा गरेका छन्।

भारतको एकना स्पोर्ट्र्स सिटी लखनउमा अहिले २ः१५ बाट सुरु भएको यो खेलमा अस्ट्रेलियाले टस जितेर  दक्षिण अफ्रिकालाई पहिला ब्याटिङ गर्ने निम्तो दिएको छ।पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिका सुरुवाती व्याटर क्विंटन डिकॉकले ९३ बलमा ८ चौका र ५ छक्का सहित सतक पुरा गरेका हुन।  

ताजास्थीतीमा दक्षिण अफ्रिकाले ३२ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ।

दक्षिण अफ्रिकाका तेम्बा बवूमा ३५ तथा रासी वान दर दुसें २६ रन बनाएर आउट भएका छन । दक्षिण अफ्रिकाले पहिलो विकेट १९ दशमलब ४ओभरमा १०८ रन बनाउँदा तथा दोस्रो विकेट २३ दशमलब ३ओभरमा १५८ रन बनाउँदा  गुमाएको हो।अष्ट्रेलियाका लागि ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पा एक एक विकेट लिएका हुन।

जारी प्रतियोगितामा दुवै टोलीले समान एक एक खेल खेलिसकेका छन्।जसमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको थियो।

पाँच पटकको विजेता अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ भने दक्षिण अफ्रिका टेम्बा बावुमाको कप्तानीमा रहेको छ।

प्रकाशित: २५ आश्विन २०८० १०:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App