१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप : क्रिकेट भारतविरुद्ध अफगानिस्तानले २७२ रन बनायो

विश्वकप क्रिकेट अन्र्तगत भारतविरुद्ध अफगानिस्तानले  २७२  रन बनाएको छ। भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै  ५० ओभरमा ८  विकेट गुमाएर २७२  रन बनाएको हो।

अफगानिस्तानका लागि सबै भन्दा वढि कप्तान हशमतउल्लाह शहीदीले ८० रन बनाए । त्यसैगरी अज़मतउल्लाह ओमरज़ाईले ६२ रन बनाए । त्यसैगरी इब्राहिम ज़दरानले २२ , रहमानउल्लाह गुरबाज़ले २१, मोहम्मद नबीले १९, रहमत शाह र राशिद ख़ानले १६ /१६ रन बनाए ।  

भारतका लागि जसप्रीत बुमराहले १० ओभरमा  ३९ रन खर्चेर ४ विकेट लिए। त्यसैगरी हार्दिक पंड्याले २ विकेट तथा शार्दुल ठाकुर र कुलदिप यादवले एक एक विकेट हात पारे।

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

भारतीय टोली

रोहित शर्मा कप्तान ,इशान किशन,विराट कोहली,श्रेयस अय्यर,के एल राहुल,हार्दिक पंड्या,रवींद्र जाडेजा,शार्दुल ठाकुर,जसप्रीत बुमराह,कुलदीप यादव र मोहम्मद सिराज

अफगानिस्तानी टोली

हशमतउल्लाह शहीदी कप्तान ,रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,अज़मतउल्लाह ओमरज़ाई, मोहम्मद नबी,नजीबउल्लाह ज़दरान,राशिद ख़ान,मुजीब उर रहमान,फ़ज़लहक़ फ़ारूक़ी र  नवीन उल हक़

प्रकाशित: २४ आश्विन २०८० १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App