१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : भारतविरुद्ध अफगानिस्तानले २०० रन कटायो

विश्वकप क्रिकेट अन्र्तगत भारतविरुद्ध अफगानिस्तानले २०० रन कटाएको छ।भारतको अरुण जेट्ली स्टेडियम दिल्लीमा भइरहेको यो खेलमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्दै ताजास्थीतीमा अफगानिस्तानले ४२ओभरमा ४  विकेट गुमाएर  २२४ रन बनाएको छ।

अफगानिस्तानका लागि कप्तान हशमतउल्लाह शहीदी ८० तथा मोहम्मद नबी १२ रन बनाए क्रिजमा छन । यस अघि पाकिस्तानले चौथो विकेट अज़मतउल्लाह ओमरज़ाई ६२ रनमा गुमाउन पुगेको थियो । उनलाई भारतका बलर हार्दिक पंड्याले आउट गरेका हुन।अफगानिस्तानले  चौथो विकेट ३४ दशमलब ४ ओभरमा १८४ रनमा गुमाएको हो।

त्यसैगरी अफगानिस्तानका सुरुवाती व्याटर इब्राहिम ज़दरानलाई २२ रनमा  भारतका बलर जसप्रीत बुमराहले आउट गरे । त्यसैगरी अफगानिस्तानका अर्का सुरुवाती व्याटर रहमानउल्लाह गुरबाज़लाइ २१ रन भारतका बलर हार्दिक पंड्याले आउट गरे ।त्यसैगरी तेस्रो विकेटको रुपमा अफगानिस्तानले रहमत शाहलाई निजी  १२ रनमा गुमाउन पुग्यो ।उनलाई भारतका बलर शार्दुल ठाकुरले आउट गरे । अफगानिस्तानको पहिलो विकेट ६ दशमलब ४ ओभरमा  ३२ रन हुँदा , दोस्रो विकेट १२ दशमलब ४ ओभरमा ६३ रन हुँदा तथा तेस्रो विकेट  १३ दशमलब १ ओभरम ६३ रनमै गुमाउन पुगेको हो।  

भारतले पहिलो खेलमा अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो भने अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो।

भारतीय टोली

रोहित शर्मा कप्तान ,इशान किशन,विराट कोहली,श्रेयस अय्यर,के एल राहुल,हार्दिक पंड्या,रवींद्र जाडेजा,शार्दुल ठाकुर,जसप्रीत बुमराह,कुलदीप यादव र मोहम्मद सिराज

अफगानिस्तानी टोली

हशमतउल्लाह शहीदी कप्तान ,रहमानउल्लाह गुरबाज़,इब्राहिम ज़दरान,रहमत शाह,अज़मतउल्लाह ओमरज़ाई, मोहम्मद नबी,नजीबउल्लाह ज़दरान,राशिद ख़ान,मुजीब उर रहमान,फ़ज़लहक़ फ़ारूक़ी र  नवीन उल हक़

प्रकाशित: २४ आश्विन २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App