२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : भारतले अष्ट्रेलियालाई हरायो

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराएको छ।भारतले पाँचपटकको उपाधि विजेता अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो।टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३  ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको थियो।जितको लागि २०० रन पछ्याएको भारतले ४१ दशमलब २ ओभरमा ४ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो।  

२०० रनको विजय लक्ष्य पछ्याएको भारतको सुरुवात भने राम्रो रहेन । पहिलो २ ओभरमै तीन महत्वपूण खेलाडीले ईशान किशन, रोहित शर्मा र श्रेयस ऐर  ० रनमा आउट हुँदा भारत दवावमा रहेको थियो । पछि विराट कोहली र लोकेश राहुलले धर्यतापूर्वक खेली टोलीलाई जितको आधार बनाए।विराट ८५ तथा राहुल ९७ रनमा नट आउट रहे।अष्ट्रेलियाका जोश हेजलवुडले ३ विकेट तथा मिचेल स्टार्कले १ विकेट लिए ।  

अष्ट्रेलियाको पालीमा डेविड वार्नरले ४१ तथा स्टिभ स्मिथले ४६ रनमा बनाए।मिचेल स्टार्क ३० रनमा आउट भए ।मार्नस लाबुसेनले  २७ रन बनाए।भारतका लागि रविन्द्र जडेजाले ३ विकेट , कुलदिप यादव र जस्प्रित बुमराहले २/ २ विकेट  तथा  रविन्द्रन आश्विन,मोहम्मद शिराज र हार्दिक पान्ड्याले एकर एक विकेट लिए। 

भारतले अव बुधबार दिल्लीमा अफगानिस्तानसँग खेल्नेछ । अष्ट्रेलियाले बिहीबार दक्षिण अफ्रिकासँग खेल्नेछ ।

अष्ट्रेलियाको प्लेइङ ११

प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन।

प्रकाशित: २१ आश्विन २०८० १६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App