२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध भारतले २० ओभरमा ८० रन बनायो

विश्वकप क्रिकेटमा  भारतले अष्ट्रेलियाविरुद्ध २०ओभरमा ३ विकेटको क्षतीमा ८० रन बनाएको छ। २ओभर भित्रै  ३विकेट गुमाएको भारतका लागि विराट कोहली र लोकेश राहुलले सम्हालिएर खेल्दै २० ओभरमा ३ विकेटको क्षतीमा   ८० रन बनाएको हो।   भारतका ईशान किशन, रोहित शर्मा र श्रेयस ऐर तीनै जना ० रनमा आउट भएर भारत दवावमा रहेको थियो ।विराट कोहली ४० लोकेश राहुल ४१ रन बनाएर खेलिरहेका छन् ।ताजास्थीतीमा भारतले २१ ओभरमा ३ विकेटको नोक्सानीमा ८२ रन बनाएको छ।जोश हेजलवुडले २ विकेट  तथा मिचेल स्टार्कले एक विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ दशमलब ३  ओभरमा १९९ रन बनाउँदा सबै विकेट गुमाएको हो।  अष्ट्रेलियाका डेविड वार्नरले ४१ तथा स्टिभ स्मिथले ४६ रनमा बनाए।मिचेल स्टार्क ३० रनमा आउट भए ।मार्नस लाबुसेनले  २७ रन बनाए। भारतका लागि रविन्द्र जडेजाले ३ विकेट , कुलदिप यादव र जस्प्रित बुमराहले २र २ विकेट  तथा  रविन्द्रन आश्विन,मोहम्मद शिराज र हार्दिक पान्ड्याले एकर एक विकेट लिए।

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ।पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ।

अष्ट्रेलियाको प्लेइङ ११

प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा ।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन ।

प्रकाशित: २१ आश्विन २०८० १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App