८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः आज भारत र अस्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेटमा आज एक मात्रै खेल हुँदैछ। भारतमा भइरहेको सन् २०२३ को विश्वक क्रिकेट अन्तर्गत आज भारत र अस्ट्रेलियाबीच खेल हुनेछ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट स्टेडियममा हुने भारत र अस्ट्रेलियाबीचको खेल दिउँसो २ः १५ बजे सुरु हुनेछ।  

रोहित शर्माको कप्तानीमा मैदान उत्रने भारतीय टीम पाँच पटकको विजेता अस्ट्रेलियालाई पराजित गर्दै जितका साथ आफ्नो विश्वकप यात्रा सुरु गर्न चाहन्छ भने अस्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ।  अस्ट्रेलिया पनि आजको खेलमा जित निकाल्दै सुखद यात्रा सुरु गर्न चाहन्छ।  

यसअघि शनिवार भएको खेलमा दक्षिण अफ्रिकाले किर्तिमानी रनसहित जित हात पारेको छ भने अफगानिस्तानमाथि बङ्गलादेशलाई ६ विकेटले पराजित गरेको छ।  

शनिवार भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गर्न मैदान उत्रेको अफगानिस्तानले ३७ दशमलव २ ओभरमा १५६ रन बनायो। १५७ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले ३४ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।  

शनिवारै भएको अर्को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभर खेल्दै जम्मा ५ विकेटको क्षतिमा किर्तिमानी ४२८ रन बनायो। ४२९ रनको लक्ष्य पछ्याएको श्रीलङ्का ४४ दशमलव ५ ओभरमै अलआउट भयो र ३२६ रन मात्रै बनाउन सक्यो।  

प्रकाशित: २१ आश्विन २०८० ०४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App