१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

भारतद्वारा नेपाललाई २ सय ३ रनको लक्ष्य

एसियन गेम्सको पुरुष क्रिकेटमा भारतले नेपाल समक्ष २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

क्वार्टरफाइनल अन्तर्गतको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा २ सय २ रन बनाएको हो।  

भारतका लागि यशस्वी जयसवालले सर्वाधिक एक सय रन बनाए भने रिंकु सिंहले नट आउट रहँदै ३७ रन बनाए। यस्तै भारतीय कप्तान रुतुराज गाइक्वाडले २५, शिवम दुवे नट आउट रहँदै २५ रन बनाए। जितेश शर्मा ५ रन बनाएर आउट हुँदा तिलक वर्मा २ रनमा समेटिए।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान एक एक विकेट लिए।  

नेपाल अबको केहीबेरमा ब्याटिङका लागि मैदान उत्रने छ।    

प्रकाशित: १६ आश्विन २०८० ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App