२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माल्दिभ्सविरुद्ध नेपालले २१२ रन बनायो

१९ औं एसियाली खेलकुदको क्रिकेटमा नेपालले माल्दिभ्स विरुद्ध  २१२ रन बनाएको  छ।  

चीनमा जारी यो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर २१२  रन बनाएको हो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले  २७ बलमा ५२ रन बनाएर आउट भए । कुसल मल्ल २० बलमा ३ चौका  र २ छक्कासंगै  ४७ रन बनाएर नट आउट भए ।  सोमपाल कामी  १ बलमा १ रनमा नट आउट भए । गुल्सन झा ३५ रन बनाएर आउट भए ।

कुसल भुर्तेलले   १८ बलमा ५ चौका  र १ छक्कासंगै  ३५ रन  बनाए । विनोद भण्डारीले   १५बलमा १ चौकासंगै  १३ रन  बनाए । सन्दीप जोरा ५ रनमा आउट भए ।आसिफ शेखले ४ बलमा ६ रन बनाए । दिपेन्द्रसिंह ऐरी २ बलमा ६ रन बनाएर आउट भए ।

प्रकाशित: १४ आश्विन २०८० ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App